Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३
प्रशासन

५० रुपैयाँ दरका नोट छाप्न चीनको कम्पनीसँग राष्ट्र बैंकको सम्झौता, झण्डे साढै १ करोड खर्च लाग्ने


Manaslu Infotech Manaslu Infotech

शुक्रबार, २८ कात्तिक २०८२

26 Shares

काठमाडौँ / नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ । राष्ट्र बैंकका अनुसार सो सम्झौतामा नोटको डिजाइन, छपाइ तथा आपूर्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया समावेश गरिएको छ ।

बैंकले मिति २०८२ साउन ९ गते (२५ जुलाई २०२५) राष्ट्रिय दैनिक दि राइजिङ नेपाल र बैंकको वेबसाइटमार्फत बोलपत्र आह्वान गरेको थियो । बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये न्यूनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो । 

सम्झौताको मूल्य १०,४२२,५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । ५० दरको नयाँ नोट डिजाइन, छपाइ र आपूर्तिका लागि २०८२–०४–०९ मा बोलपत्र आह्वान गरिएको थियो । 

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको स्पष्ट पारेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोट आधुनिक सुरक्षा विशेषतासहितका हुने र आवश्यक प्रक्रिया पूरा भएपछि चरणबद्ध रूपमा बजारमा वितरण गरिनेछ । 

प्रतिक्रिया