कभर स्टोरी
अमेरिकाबाट डिपोर्ट हुँदाको त्यो कहालीलाग्दो क्षण!
२०७९ सालमा स्थानीय निर्वाचनको माहौलले राजनीति तात्यो। अन्य ठाउँझैँ रुकुम पनि अछुतो रहेन। गाउँपालिकाको वडामा मेरा छिमेकी उमेश नाम चलेको पार्टीबाट उम्मेदवार बने। गाउँघरमा अत्यन्त धेरै पार्टीगत राजनीति हुन्छ। मेरो ठाउँ र म त्यसबाट अछुतो रहन सकिनँ। राजनीतिको भूत सवार भयो मलाई पनि। गाउँमा बसेपछि त्यस्तो परिवेश बन्दोरहेछ। त्यस्तै भयो। बहुदलीय व्यवस्थामा...